सिलगढीमा पुलिस अधिकारीका आफन्तले कामदारलाई कुटपिट गरेको आरोप

IMG-20230802-WA0209.jpg

सिलगढी: सिलगढीको तल्लो भानुनगर इलाकामा एक पुलिस अधिकारीका आफन्तले एक कामदारलाई कुटपिट गरेको आरोप लागेको छ। दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीय महिलाले सिलगढीको भक्तिनगर पुलिस थाना अगाडि प्रदर्शन गरेका छन्। उल्लेखनीय छ, ती महिला धेरै समयदेखि तल्लो भानुनगर क्षेत्रका पुलिस हवल्दारको आफन्तको घरमा कामदारको रूपमा काम गर्थिन्। अज्ञात कारणले सोही घरकी एक महिला र पुलिस जवानका जेठाजुले कुटपिट गरेको आरोप छ। घटनापछि महिलाले भक्तिनगर थानामा लिखित उजुरी दिएकी थिइन्। तर घटनामा हालसम्म कोही पक्राउ परेका छैनन्। त्यसको विरोधमा स्थानीय महिलाले बुधबार दिउँसो भक्तिनगर पुलिस अगाडि प्रदर्शन गरेका थिए। आन्दोलनकारीले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement