सिलगढी: हाथीघिसाको टोल प्लाजा नजिक रेलवे लाइनमा रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुधवार बिहान हाटिघिसाको टोल प्लाजा नजिकै रेलवे लाइनमा यो घटना घटेको हो। सिलगढीबाट कटिहार जाँदै गरेको यात्रुवाहक रेलको ठक्करबाट उक्त व्यक्तिको मृत्यु भएको स्थानीयले अनुमान गरेका छन्। घटनाको जानकारी पाएलगत्तै नक्सलबारी रेलवे स्टेशनबाट रेलवे पुलिस घटनास्थलमा पुगेको थियो। यद्यपी मृतकको पहिचान भने खुल्न सकेको छैन।