जलपाईगुडी: महाराष्ट्रमा जलपाईगुडी जिल्लाका २ प्रवासी मजदुरको मृत्यु भएको छ। महाराष्ट्रको ठाणेमा रेलवे पुल निर्माणको क्रममा क्रेन दुर्घटनामा परी जलपाईगुडी जिल्लाको मयनागुरीका दुई जना बासिन्दाको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीय बलराम सरकार र २४ वर्षीय सुब्रत सरकार रहेका छन्। उनको घर मयनागुरी ब्लकको आमगुरी ग्राम पञ्चायतको चरेरबारी बेटगरा स्टेशनपाडा क्षेत्रमा रहेको छ। आज बिहान गाउँका दुई युवाको मृत्युको खबर आएपछि पुरै गाउँ स्तब्ध भएको छ। मृतक ठेकेदार कम्पनीमा काम गर्न ठाणे गएको बताइएको छ। बुधबार मृतकको लाश पोस्टमार्टमपछि महाराष्ट्र सरकारको व्यवस्थामा एम्बुलेन्समार्फत म्यानागुरी पठाइँदैछ। दुवैको मृतदेह बिहीबार म्यानागुरी आईपुग्नेछन्। बेटगरा गाउँका ५ जना पुलिस थानामा काम गर्न गएको इलाकाबासीले बताए। तीमध्ये बलराम र सुब्रत रात्रिकालीन काम गर्थे। बाँकी ३ दिनको सिफ्टमा काम गर्नुपर्थ्यो। राति क्रेन दुर्घटनामा २ जनाको मृत्यु भएपछि बाँकी युवाले गाउँमा फोन गरेर मृत्युको खबर गरेका थिए।