खेलाड़ीसँग दुर्व्यवहारको मामिलामा सहायक प्रशिक्षक एलेक्स एम्ब्रोस बर्खास्त

IMG-20220704-WA0083.jpg

४ जुलाईः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को सञ्चालन गरिरहेको उच्चतम न्यायालयद्वारा नियुक्त प्रशासकहरूका समिति (सीओए) सदस्य एसवाई कुरैशीले आइतवार बताएअनुसार, भारतीय महिला अण्डर-१७ टीमका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई कथित रूपमा यौन दुर्व्यवहारको आरोपमा बर्खास्त गरियो। यूरोपमा अभ्यास अनि अनुभव यात्राको अवधि एकजना खेलाड़ीसँग दुर्व्यवहारको मामिला प्रकाशमा आएपछि भारतका पूर्व अन्तर्राष्ट्रिय खेलाड़ी एम्ब्रोसलाई तुरन्तै निलम्बित गरेर नर्वेबाट भारत बोलाइएको थियो। कुरैशीले ट्वीट गरेका छन्, अण्डर-१७ महिला टीमका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन दुर्व्यवहारको मामिलामा बर्खास्त गरिएको छ। अघिल्लो कार्वाहीको प्रक्रिया चलिरहेको छ।
भारतीय टीम ११-देखि ३० अक्टोबरसम्म भारतमै हुने फीफा अण्डर-१७ महिला विश्व कपको तयारी गर्न अहिले यूरोप यात्रामा रहेको छ। सीओए-ले भारतीय खेल प्राधिकरण (साई)-लाई यस मामिलाको जानकारी दिएको छ। मुख्य प्रशिक्षक थोमस डेनर्बी स्वयं यस घटनाको गवाही थिए अनि मामिला नाबालिगसँग सम्बन्धित हुनाले उनले तुरन्तै एआईएफएफ-लाई यसको जानकारी दिएका थिए। फीफा अण्डर-१७ विश्व कप भारतका तीनवटा शहर भुवनेश्वर, गोवा र नवी मुम्बईमा खेलिनेछ। भारत टुर्नामेण्टको ग्रुप ए-मा अमेरिका, मोरक्को र ब्राजीलसँग रहेको छ। भारतले प्रतियोगिताको पहिलो दिन अमेरिका विरुद्ध म्याचको साथ आफ्नो अभियान शुरु गर्नेछ। त्यसपछि मोरक्को र ब्राजील विरुद्ध क्रमशः १४ र १७ अक्टोबरमा म्याच रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement