बाघडुग्रामा करोडौँ रुपियाँको ब्राउन सुगर बरामद

IMG-20230802-WA0185.jpg

बाघडुग्रा: सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी र बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर करोडौँ रुपियाँको ब्राउन सुगर, नगद १७ लाख रुपियाँ सहित ३ जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू कालियाचोक निवासी राजु शेख, गौतम मण्डल र भरत मण्डल सामेल छन्। प्राप्त जानकारी अनुसार पुलिसको एसओजी र बाघडुग्रा थाना पुलिसले गोप्य सूचनाको आधारमा बाघडुग्राको भुट्टाबारी इलाकामा संयुक्त अभियान चलाएर एउटा वाहन रोकेर छानबीन गर्दा ८९३ ग्राम ब्राउन सुगर, नगद १७ लाख रुपियाँ उद्धार गरेको बताइएको छ। पुलिसले वाहन सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका ३ जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगर मालदा बाट सिलगढीमा तस्करी गर्ने उद्देश्यले ल्याएको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *