सिलगढी: बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका वनकर्मीहरूले लाखौं रूपियाँको शालको काठ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। मंगलवार राति गोप्य सूचनाको आधारमा डाबग्राम रेञ्जका वनकर्मीहरूले सिलगढीको बद्धवान रोड संलग्न गौड़ीय मठ अघि अभियान चलाएर एउटा पिकअप भ्यानलाई जफ्त गरेको छ।

यसपछि छानबिन अवधि पिकअप भ्यानबाट लाखौं रूपियाँको शालको काठ उद्धार गरेको छ। बाघडुग्राको केष्टापुर निवासी चालक पुलक मण्डललाई पनि पक्राउ गरेको छ।