गोजमुमोका अध्यक्ष विमल गुरुङ दिल्ली प्रस्थान

IMG-20230802-WA0229.jpg

सिलगढी: गोर्खा जनमुक्ति मोर्चाको महिला मोर्चाले छुट्टै गोर्खाल्याण्ड राज्यको मागलाई लिएर दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने भएको छ। सोही कार्यक्रममा सहभागी हुन गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ दिल्ली प्रस्थान गरेका छन्। उनी बुधबार दिउँसो सिलगढीको बागडोगरा हवाईअड्डाबाट दिल्लीका लागि प्रस्थान गरेका थिए। यसै क्रममा उनले मिडियासँग अहिले एनडीएसँग गठबन्धन नभएको बताए। मोर्चाले छुट्टैरुपमा चुनाव लड्नेछ।भाजपाको चुनावी घोषणापत्रमा गरिएका वाचाहरूको स्थितिलाई लिएर विरोध प्रदर्शन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement