कुचबिहार: गाई-गोरुहरूको तस्करी गरिरहेको समय एकजना तस्करको बीएसएफले चलाएको गोली लागेर मृत्यु भएको घटना भारत- बङ्ग्लादेश सिमानाको माथाभाङ्गाको बैरागीरहाट ग्राम पञ्चायत अन्तर्गत इच्छागञ्ज सिमाना इलाकामा घटेको हो। मृतकका नाम मोकलेश्वर हक (३५) बताइएको छ। तिनी दिनहाटा निवासी थिए। प्राप्त जानकारी अनुसार आज भुकभुके उज्यालोमा नै पानी परिरहेको समय यसको फाइदा उठाएर तस्करहरूको एउटा दल बङ्ग्लादेशमा गाई-गोरूहरू तस्करी गर्ने उद्देश्यले इच्छागञ्ज इलाकामा पुगेका थिए। तस्करहरूलाई ड्यूटीमा तैनाथ बीएसएफ- का जवानहरूले रोकेपछि तिनीहरूले उल्टै बीएसएफका जवानहरूमाथि हमला गरेको आरोप रहेको छ। यस अवधि आत्मरक्षाको लागि बीएसएफ-ले फायरिङ गर्दा एकजना व्यक्तिलाई गोली लागेर मृत्यु भएको छ।

घटनाको सूचना पाएपछि माथाभाङ्गा थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर त्यहाँबाट पाँच वटा गाई-गोरु अनि धारिला हतियारहरू उद्धार गरेको छ। यसको साथै मृतदेहलाई पोस्टमार्टमको पठाइ दिएको छ। खबर पाएपछि मृतकको परिवारका सदस्यहरू माथाभाङ्गा थानामा पुगेका थिए। परिवार पक्षले दावी गरे अनुसार मोकलेश्वर कुनै प्रकारको तस्करीमा सामेल थिएनन्। तिनी माथाभागामा एकजना आफन्तको घरमा आएका थिए।