२ अगस्तः चमत्कारी फरवर्ड सुनिल छेत्रीको साथमा सीनियर डिफेण्डर सन्देश झिंगन र सीनियर गोलकीपर गुरप्रीत सिंह सन्धूलाई एशियन गेम्सको निम्ति भारतको २२ सदस्यीय फूटबल टीममा सामेल गरियो। चीनको हांगझोऊमा हुने एशियन गेम्समा पुरुष फूटबल टीम मुख्य प्रशिक्षक इगोर स्टीमाकको मार्गदर्शनमा खेल्नेछ। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ) अनुभवी छेत्रीको कप्तानी अनि १९९८-मा फिफा वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउने क्रोएशियाई टीमका सदस्य स्टीमाकको मार्गदर्शनमा एशियन गेम्समा आफ्नो शीर्ष टीम पठाउन उत्साहित छ। भारतलाई एशियन गेम्सका आयोजकहरू अनि एशियाई ओलम्पिक परिषदबाट स्वीकृति हासिल भइसकेको छ।
हांगझोऊ खेलहरूमा भारतको पुरुष अनि महिला फूटबल टीमको भागीदारी पहिला सन्देहमा थियो कारण खेल मन्त्रालयले कुनै पनि टीम इभेण्टमा महाद्वीपमा शीर्ष आठमा सामेल टीमहरूलाई मात्र पठाउने पात्रता तय गरेको थियो। पुरुष टीमका मुख्य प्रशिक्षक स्टीमाकको विशेष आग्रहपछि खेल मन्त्रालयले पछिबाट टीमले गत केही समयदेखिको प्रदर्शनलाई ध्यानमा राखेर आफ्नो नियमहरूमा छूट दिँदै दुवै टीमलाई एशियन गेम्समा हिस्सा लिने अनुमति दिएको थियो। स्टीमाकले यस मामिलामा प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि यस मामिलामा हस्तक्षेपको माग गरेका थिए। एशियाई खेलहरूको फूटबल खेलमा साधारणत अण्डर-२३ आयु वर्गका खेलाड़ीहरूले हिस्सा लिन्छन् अनि प्रथम एकादशमा त्यसभन्दा अधिक उमेरका तीनजना खेलाड़ीलाई राख्ने अनुमति छ। यसबीच खेलहरूको आयोजनमा एक सालको विलम्बले गर्दा यसपाली एशियन गेम्समा २४ सालसम्मका खेलाड़ीहरूलाई खेल्ने स्वीकृति दिइएको छ।
भारतीय फूटबल टीम यसप्रकार छः
गोलकीपरः गुरप्रीत सिंह सन्धू, गुरमीत सिंह, धीरज सिंह मोइरंगथेम।
डिफेण्डरः सन्देश झिंगन, अनवर अली, नरेन्द्र गहलोत, लालचुंगनुंगा, आकाश मिश्रा, रोशन सिंह, आशिष राई।
मीडफिल्डरः जेकसन सिंह थौनाओजम, सुरेश सिंह वांगजेम, अपुइया राल्टे, अमरजीत सिंह कियाम, राहुल केपी, नाओरेम महेश सिंह।
फरवर्डः शिव शक्ति नारायणन, रहीम अली, सुनिल छेत्री, अनिकेत जाधव, विक्रम प्रताप सिंह, रोहित दानू।