डामडिम इलेभेनको जीत

CollageMaker_202382144929787.jpg

२ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट मंगलवारदेखि शुरु भयो। सेभोक प्राइमरी स्कूल मैदानमा भएको उद्घाटन म्याचमा डामडिम इलेभेनले वरियर्स एफसी, बागडुग्रालाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमका छोटन शीललाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्। उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सेभोक आउट पोस्टका ओसी तपन कुमार दास अनि विशिष्ट अतिथिको रूपमा कञ्चनजंघा एफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधान र खेलप्रेमी प्यारा सिंह उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement