डिकलिंग सीनियर सेकेण्डरी स्कूलको एकतर्फी जीत

IMG-20230801-WA0338.jpg

१ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा डिकलिंग सीनियर सेकेण्डरी स्कूलले एकतर्फी जीत हासिल गऱ्यो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा मंगलवार भएको म्याचमा डिकलिंग सीनियर सेकेण्डरी स्कूलले सिलगढ़ीको बोइज स्पोर्टिंग क्लबलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमका स्ट्राईकर सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले २ गोल गरे। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ।

यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जेभीसी सिंगताम च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement