जाबरा एफसी क्वार्टर फाइनलमा

photocollage_2023820339695.jpg

१ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा जाबरा फूटबल क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो राउण्डको म्याचमा जाबरा एफसी-ले सेण्ट्रल बस्तीलाई पेनल्टी शूटआउटमा २-०-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा जाबरा एफसी-बाट रोहनले १०औं मिनट अनि सेण्ट्रल बस्तीबाट नितेशले ५९औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement