आरएसएस प्रतिनिधि टोली सिक्किममा

IMG-20230801-WA0344.jpg

गान्तोक: आरएसएस राष्ट्रिय कार्यकारिणी सदस्य तथा भारत तिब्बत सहयोग मञ्चका संरक्षक डा इन्द्रेश कुमार आज गान्तोकमा तिब्बत स्वतन्त्रता आन्दोलनको विगत र वर्तमान पक्षहरू विषयमा अन्तरक्रिया कार्यक्रममा भाग लिन सिक्किम आईपुगे। उनलाई सिक्किमको प्रमुख प्रवेशद्वार रम्फूमा भारत तिब्बत सहयोग मञ्च, आर एस एस, विद्या भारती, विश्व हिन्दू परिषद, सिक्किम कल्याण आश्रम, अधिवक्ता परिषद, संस्कार भारती, स्वदेशी जागरण मञ्च, राष्ट्रिय हिन्दू संघका साथ अन्य विभिन्न संगठनका प्रतिनिधि र सदस्य हरु ले स्वागत गरे। भारत तिब्बत सहयोग मंचका राष्ट्रीय महासचिव पंकज गोयल पनि डा इन्द्रेश कुमारको साथ आएका छन भने उनलाई पनि स्वागत गरिएको थियो।

समाचार अनुसार भारत तिब्बत सहयोग मञ्च सिक्किम च्याप्टरले २ अगस्तको दिन चो-खा-सुम हल गानटोकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मंचका सिक्किम च्याप्टर अध्यक्ष डा एलपी शर्मा र महासचिव एमएन ढुंगेलले जानकारी दिए अनुसार भारत तिब्बत सहयोग मंचका शीर्ष टोलीले विभिन्न संघसंस्थासँग पनि भेटघाट गर्ने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement