गोलीटारमा हाउलर्स एकाडेमी विजयी

IMG-20230801-WA0342.jpg

सिङताम: मन्त्री एंव क्षेत्र विधायक एलबी दासले गरे पश्चिम पाण्डाम जीपीयूद्वारा गोलीटार खेल मैदान, साउनेमा आयोजित ७७औं स्वतन्त्रता दिवसको आकर्षण स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको उद्घाटन। बीडीओ आई. बी. छेत्री, निर्मल गुरागाई, रोशन मंगर, एम. बी. गुरागाईं विशिष्ट अतिथि रहेको आजको यस उद्घाटन म्याच साङ मुस्ताङ एफसी बनाम हाउलर्स एकाडेमी गोलीटार बीच सम्पन्न भयो, जसमा ० को विरुद्ध १ गोल लगाएर हाउलर्स एकाडेमी विजयी बन्यो। यस उद्घाटन म्याचको मेन अफ दी म्याच हाउलर्स एकाडेमीका खेलाड़ी जर्सी नम्बर ७ रहूल सुब्बालाई चयनित गर्दै आयोजक समितिका उपाध्यक्ष विजय प्रधानको बाहुलीबाट ट्फी प्रदान गरियो। मुख्य अतिथि एल. बी. दास अनि विशिष्ट अतिथिगणलाई आयोजक समितिका अध्यक्ष कुसुम प्रधानको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो। स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको फाइनल आगामी स्वतन्त्रता दिवसको दिन सम्पन्न हुनेछ भने विजयी दललाई आकर्षक ट्रफीसहित नगद पुरस्कार रु. १,५०,००० अनि उपविजयी दललाई आकर्षक ट्रफीसहित नगद पुरस्कार रु. १,००,००० प्रदान गरिनेछ। भोलिको म्याच मासा एफसी बनाम माझीटार स्पोर्टिङ क्लबबीच सम्पन्न हुनेछ। आजको उद्घाटन म्याचको अवसरमा मन्त्र डान्स मन्त्र सिङ्तामका प्रशिक्षणार्थीहरु र लोवर बरदाङकी विद्यार्थीद्वारा नेपाली नृत्य प्रदर्शित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement