गोरूबथान: डायमन्ड क्लबको तत्वावधानमा प्रतिवर्ष नै स्वतन्त्रता दिवसको अवसर पारेर गोरुबथानको माल बस्ती फुटबल मैदानमा लात्ते भकुण्डो प्रतियोगिता समपन्न हुने गरेको छ। यो कार्य बिगत १९ वर्ष देखी अनवरत रुपमा चलिरहेको यस वर्ष पनि आजदेखि फुटबल टुर्नामेन्ट शुरु भएको छ। आजको पहिलो खेल युद्धवीर उच्चतर माध्यमिक विद्यालय बनाम बनाम रेहनो एफ सि माझ समपन्न भएको थियो। यस रोमान्चक खेलमा जे एच एस एसलाई एकको विरूद्ध पाँच गोल दागेर रेहनो एफ सि विजयी बनेको छ। आजको यस खेलमा मुख्य अथितिको रुपमा ४३ नम्बर समष्टिका क्षेत्रीय सभासद रतन थापा थिए भने कमल राणा, बिनोद लामा, एस एन ओझा, गोकुल छेत्री आदिको पनि उपस्थिती रहेको थियो।भोलिको खेल माल बस्ती युथ बनाम कुवापानी एफ सीमाझ हुनेछ।









