सहयोग फाउन्डेशनले गऱ्यो बच्चाहरुसित शिक्षा साँझ कार्यक्रम

23600b57-22a8-48df-95fa-d13c4a568e9a

कालचिनीः सामाजिक संस्था सहयोग फाउन्डेशनको पक्षबाट मंगलबार कालचिनी खण्ड अन्तर्गत अठियाबारी चियाबारीको बंगबारी आउट डिभिजनमा त्यहाँका बच्चाहरूसित भेटेर शिक्षा साँझ कार्यक्रम सम्पन्न गरिएको जानकारी सहयोग फाउन्डेशनको पक्षबाट पवन योल्मोले दिएका छन्। उक्त शिक्षा साँझ कार्यक्रम अन्तर्गत सहयोग फाउन्डेशनको पक्षबाट बच्चाहरूलाई खाता कलम साथै चकलेट वितरण गरिएको थियो।
यस क्रममा बच्चाहरूलाई शिक्षा सम्बन्धित सचेतना कार्यक्रम साथै क्वीज प्रतियोगिता सम्पन्न गरिएको थियो। सहयोग फाउन्डेशनको पक्षबाट सचिव पवन योल्मो साथै निमेश लामा एवम् बंगबारी आउट डिभिजनका युवा सचेतक राहुल कुमार झाँ एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement