३ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा मनीप सेभेनले आरबीसी मुण्डालाई ५-०-ले पिट्यो। विजेता टीमबाट मनीप राई र विशन तामाङले २-२ गोल गरे जबकि एक गोल निश्चल मंगरले छिराए। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।