१ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा रोयल युथ क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको म्याचमा रोयल युथ क्लबले जलपाइगढ़ी पुलिसलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीक लामाले ५४औं अनि करण राईले ७८औं मिनटमा गोल गरे। यसरी जलपाइगढ़ी पुलिसबाट राहुलले २३औं मिनटमा गोल गरे। दोस्रो हाफमा खेलको अनुशासन भंग गर्दा रोयल युथ क्लबका लरेन्स अनि जलपाइगढ़ी पुलिस टीमका अमरजीतलाई रेड कार्ड देखाइयो। विजेता टीमका प्रतीक लामालाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। बुधवार खेलिने पहिलो राउण्डको अन्तिम म्याचमा युनाइटेड चमकडांगी र नादोङ भूटिया फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








