गान्तोकः राज्यको पशुपालन एवम् पशु चिकित्सा सेवा विभागको पहलमा आज राज्यस्तरीय पशुधन रोग र नियन्त्रण कार्यक्रम अन्तर्गत आपतकालीन संक्रामक रोगहरूको नियन्त्रण र व्यवस्थापनमाथि एक दिवसीय कार्यशाला आयोजना गऱ्यो। तादोङस्थित सोकेथाङको प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रमको अध्यक्षथा विभागका सचिव डा. पी. सेन्थिल कुमारले गरेका थिए, जसमा विभागका प्रमुखहरूले अंशग्रहण गरे। आजको यस कार्यक्रममा विशेष गरेर केही दिन अघिदेखि गाईमा लाग्ने लम्पी रोगमाथि विभागका अधिकारीहरूको ध्यान केन्द्रित गरियो। आजको यस कार्यक्रममा लम्पी छाला रोग, सर्ने, रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनबारे छलफल गरियो।
पशुधन चिकित्सा व्यावसायीहरूले सिक्किम राज्यमा यस रोगको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनकाबारेमा विस्तृत रूपमा छलफल गरे र रोगको प्रत्येक पक्षको लागि रणनीति तयार गरिनुपर्ने निष्कर्षमा पुग्यो। कार्यशालामा यस आपतकालिन समयमा मानव संसाधन, कोषको कठिनाइहरू पार गर्ने तरिका र उपायबारेमा पनि चर्चा परिचर्चा गरियो।
आफ्नो सम्बोधनमा विभागका सचिव डा. पी सेन्थिल कुमारले राज्यका सबै गाईवस्तुहरूको जनसंख्यामा खोपमा वृद्धि गराउनु पर्ने विषयमा जोड दिँदै विभागका अधिकारीहरूलाई ३० दिन भित्र कम्तिमा ८० प्रतिशत गाईवस्तुलाई खोप लगाउनु पर्ने कडा निर्देश दिए। उनले राज्यका सबै जिल्ला अधिकारीहरूलाई खोप लगाउनको निम्ति रणनीति बनाउन र नियमित रूपमा सम्वन्धित निकायसमक्ष रिपोर्ट प्रस्तुत गर्नुपर्ने सुझाउ दिए। यस अवसरमा लम्पी रोग विशेष गरेर भाइरस को कारणले भएको सबैले आफ्नो मन्तव्य प्रकट गरे।








