सिंगलिंग स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

IMG-20230801-WA0306.jpg

१ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिंगलिंग स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। मल्ली खेल मैदानमा मंगलवार भएको म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले सदाम एफसी-लाई ५-२-ले पराजित गऱ्यो। म्याचमा ह्याट्रिक गर्ने विजेता टीमका खेलाड़ी अभिष्कारलाई प्लेयर अव् द म्याच चयन गरियो। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजन समितिले खेलको ग्रास रुट लेवलबाट विकास गर्ने लक्ष्य लिएर अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको पनि आयोजन गर्ने आयोजक आईडीसीसी मल्लीका खेल सचिव राज प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement