एसकेएम पार्टीको छैटौं जन उन्मुक्ति दिवस तयारीलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20230801-WA0333.jpg

गान्तोकः एसकेएम पार्टीको छैटौं जन उन्मुक्ति दिवस तयारीलाई लिएर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सम्पूर्ण संगठन प्रमुख केन्द्रिय समिति, समष्टि अनि जिल्ला स्तरीय प्रमुखहरूको एक समन्वय सभा रम्फूको पर्यटन अतिथि गृहमा सम्पन्न भयो।

युवा उपाध्यक्ष प्रभारी तथा मन्त्री सञ्जीत खरेलको अध्यक्षतामा सम्पन्न सभामा एसकेएम पार्टी युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, नारी प्रकोष्ठ अध्यक्षा कला राई, पार्टीका प्रवक्ता जेकब खालिङ, पार्टीका प्रचार प्रसार प्रमुख समन्वयक विकास बस्नेत लगायत पार्टीका सक्रिय कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो।

सभामा आगामी १० अगस्तको दिन पालन गरिने जनउन्मुक्ति दिवसलाई सफल तुल्याउनको निम्ति कार्यभार सुम्पियो। संगठनको भूमिका र जिम्मेवारी, कार्यक्रममा सहभागी बन्न आउने जनतालाई पुर्ण सहयोग पुऱ्याउँदै खानपानको उचित व्यवस्था लगायत जनतालाई सुरक्षित ढंगमा आ-आफ्नो घरमा पुऱ्याउने जिम्मेवारी लगायतका विविध आवश्यक विषयमा चर्चा परिचर्चा गर्दै गरियो।

आगामी १० अगस्तको दिन आयोजना हुने छैटौं जन उन्मुक्ति दिवसलाई भव्यताका साथ सफल पार्ने विषयमा सभामा विस्तृत छलफल भयो। सभामा पार्टीका नवनियुक्त प्रवक्ता दिले नामग्याल बर्फुङपा,नाम्ची जिल्ला अध्यक्षा अञ्जिता राजालिम, गान्तोक महानगरपालिकाका मेयर नील बहादुर छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement