गान्तोकः सिङताम बजारका जनताले आज एक कार्यक्रमको आयोजना गरी सिक्किम क्रान्तिकारी मोर्चाका सबै नवनियुक्त युवा प्रकोष्ठका सदस्यहरूलाई बधाई दिँदै सम्मान जनाए। सिङताम नगर पञ्चायतको तत्वावधानमा तथा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा सिङ्ताम बजारका सर्वसाधारण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
नवमनोनित युवा प्रकोष्ठका सदस्यहरूले आगामी दिनमा समाजको उत्थानका लागि काम गर्ने विश्वास व्यक्त गर्दै विभिन्न पदका लागि छनौट भएका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
नवमनोनित सदस्यहरूमा चालक मोर्चा राज्य स्तरीय महासचिव फुला भोटिया, पाक्योङ जिल्ला स्तरीय चालक मोर्चा उपाध्याक्ष सुरज सुब्बा, पाक्योङ र गान्तोक जिल्लास्तरीय युवा मोर्चा उपसंयोजक सीके ढकाल, सांस्कृतिक प्रकोष्ठ उपाध्याक्ष, उत्तम प्रधान, गान्तोक जिल्ला युवा संयोजक विशाल छेत्री, सीएसी युवा अध्यक्ष विधान शंकर आदि रहेका छन्।








