सोरेङः सोरेङ जिल्ला अन्तर्गत सोम्बारिया उच्चतर माध्यमिक विद्यालयको प्रेक्षलयमा विभिन्न विभागमा कार्यरत एक परिवार एक नौकरी (ओएफओजे) कर्मचारीहरुको समन्वय सभा सम्पन्न भयो। यस सभामा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा विशेषरुपमा उपस्थिति थिए। सभामा अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा लगायत अन्यहरू पनि सामेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शेर्पाले पाँच वर्षको कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले धेरै विकासीय कार्य गरिरहेको जानकारी गराए। धेरै कार्यहरू पाँच वर्षको कार्यकालमा गर्न नसकिने र अझ थप समय लाग्ने बताउँदै उनले सबैलाई धैर्य राख्ने आह्वान गरे।
दरामदीन क्षेत्रमा अझ धेरै पूर्वाधारहरूको निर्माण साथै सड़कहरूको निर्माण गर्न आवश्यकतालाई बोध गर्दै यो कार्यहरू समयमा नै गरिने पनि मन्त्री शेर्पाले बताए। वर्तमान सरकारले चाँडै अस्थायी नौकरी गरिरहेकाहरूलाई पाँच वर्षमा स्थायीकरण गरिने नियम बनाउने र यसबाट कर्मचारीहरूलाई धेरै फाइदा हुने बताए।








