गोरुबथान: मणिपुरको नोनी जिल्लामा गत ३० जुनको राति भएको भूस्खलनमा परेर ज्यान गु्माउने वीर जवानहरूको आत्मशान्तिको लागि गोरुबथान पानडाडा गोर्खा नव ज्योति संघका सदस्यगण,आर्यन होस्टलका विद्यार्थीगण तथा पानडाडाका सम्पुर्ण पसलेहरू मिलेर श्रद्धाञ्जली अर्पण गरे।

गोर्खा नव ज्योति संघका सचिव राजु मिजारले सन्चालन गरेको श्रद्धाञ्जली कार्यक्रममा सर्वप्रथममा एक मिनटको मौनधारण गरियो। त्यसपछि सबैले क्यान्डल जलाएर दिवङ्गत जवानको आत्मले शान्ति प्राप्त गरोस् भनी प्रार्थना गरियो।