बुढियाखोप जीपीयूबाट ६ परिवार एसकेएममा सामेल

गान्तोकः बुढियाखोप जीपीयूका वार्डबाट ६ परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। आज सामेल हुनेहरूमा सबै जना एसडीएफ पार्टीका रहेको जानकारी गराइएको छ। ओखरेस्थित मन्त्री एमएन शेर्पाको निवासमा आयोजित एक कार्यक्रमबिच ६ परिवार एसकेएम पार्टीमा सामेल भएका हुन्। आज पार्टीमा सामेल हुनेहरूलाई मन्त्री शेर्पाले खदार्पण गर्दै पार्टीमा स्वागत जनाए। मन्त्री शेर्पाले अबोप्रान्त एसकेएम पार्टीको नीति र सिद्धान्तलाई शिरोपर राखेर राज्यको हितमा काम गर्नुपर्ने आग्रह गरे।

सरकार गठन भएको छोटो अवधिमा वर्तमान सरकारले गरेको कार्यहरूलाई मन पराएर हाल विभिन्न पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुने क्रम जारी गरेको मन्त्री शेर्पाले बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यमा छोटो समयमा धेरै विकासका कार्यहरू भएको पनि उनले जानकारी गराए। सरकारले जनपक्षीय कामहरू गरेको देखेपछि उनीहरू प्रेरित भएर एसडीएफ पार्टी छोडेर एसकेएममा सामेल भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement