खरसाङ: खरसाङ बजारमा बाँदरको रगरगी बढिरहेको छ। यसै क्रममा मंगलबार खरसाङको गोर्खा जनपुस्तकालय भवनमा बाँदरले उपद्रो मच्चाएको छ। गोर्खा जन पुस्तकालयको डा पारसमणि प्रधान प्रेक्षागृहमा बाँदरले उपद्रो मच्चाएर प्रेक्षागृहको टेबल र चौकीहरू फ्याँकेर छरपस्ट पारिदिएको अनि खिड्कीका पर्दाहरू च्यातिदिएको साथै मञ्चमा राखिएको पर्दाहरू सबै च्यातिदिएको छ। गोर्खा जनपुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले एउटा भिडियो जारी गरेर गोर्खा जनपुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा बाँदरले धेरै उपद्रो मच्चाएको बताएका छन्। उनले पारसमणि प्रधान प्रेक्षागृहमा बाँदरले सबै कुराहरू अलपत्र पारिदिएका छन् अनि राखिएको टेबल चौकीहरू सबै फ्याँकेर लथालिङ्गै बनाएको जानकारी गराएका छन्।








