गान्तोकः सिक्किमले सुशासनमा पूर्वोत्तर राज्यहरूमा प्रथम स्थान प्राप्त गरेको छ। भारत सरकारको प्रशासनिक सुधार एवं सार्वजनिक गुनासो विभागको नवीनतम रिपोर्ट अनुसार, सिक्किम सरकारले संचयी प्रतिशत ६६.७० हासिल गरेर सुशासनमा पूर्वोत्तर राज्यहरूलाई उछिन्दै पहिलो स्थान प्राप्त गरेको छ।
रिपोर्ट अनुसार, ५७.४५ प्रतिशतका साथ असम सरकार दोस्रो स्थान र ५२.३० प्रतिशतका साथ अरुणाचल प्रदेश सरकार तेस्रो स्थानमा रहेका छन्।








