खरसाङ: खरसाङ खण्डको पंखाबारी लंगभ्यु अम्बटे समष्टीको सभासद एंव जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले सेभेन स्टार स्पोटिङ्ग क्लबद्वारा आयोजित नगद राशि फुटबल प्रतियोगिताको तयारीको स्थलगत भ्रमण गरिन्। सभासद कल्पना प्रधानको सहयोगमा यस समष्टीको बन्दखेती खेल मैदानमा सम्पन्न हुन गईरहेको फुटबल प्रतियोगिताको निम्ति स्टेज निमार्णको कार्य चलिरहेको छ। यसै कार्यको निरीक्षण गर्न आज उनी बन्दखेती खेल मैदानमा पुगिन्।








