कोलकातामा सम्पन्न सातौं अन्तर्राष्ट्रिय सेशिंकाई कराँते च्याम्पियनशीप खरसाङका खेलाडीहरूले जिते १४ वटा पदकहरू

IMG-20230801-WA0300.jpg

खरसाङ: खरसाङको मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमी (माफा)- को खेलाडीहरूले कोलकाताको नेताजी इन्डोर स्टेडियममा आयोजित सातौं अन्तर्राष्ट्रिय सेशिंकाई कराँते च्याम्पियनशीप, २०२३ मा भाग लिएर भारतको प्रतिनिधित्व गर्नलाई छनौट भएका छन्। माफाकी निर्देशिका कल्पना क्षेत्रीको नेतृत्वमा १९ सहभागीहरूको टोली, २९ र ३० जुलाई, २०२३ मा कोलकाताको नेताजी इन्डोर स्टेडियममा आयोजित सातौं अन्तर्र्राष्ट्रिय सेशिंकाई कराते च्याम्पियनशिपमा सहभागी भएर १४ वटा पदकहरू जित्न सफल भएका छन्। उक्त प्रतियोगितामा माफा-का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै गत वर्ष ९ पदकको तुलनामा ६ स्वर्ण, ३ रजत र ५ कास्यसहित यो वर्ष कुल १४ पदकका साथ ठूलो सफलता हाँसिल गरेको जानकारी प्राप्त भएको छ। माफा-का अध्यक्ष सेन्सी सन्दीप प्रधानले ४० वर्षभन्दा माथिका कराँते दिग्गजहरुको लागि आयोजित विशेष कार्यक्रम “मास्टर्स लेभल कुमुटे”- मा पनि सहभागिता जनाएका थिए। ४३ वर्षीय सेन्सी प्रधानले उक्त प्रतिस्पर्धामा तेस्रो स्थान हाँसिल गरेर प्रत्येक युवा र आफ्ना विद्यार्थीहरूको लागि उदाहरण प्रस्तुत गरेको बताइएको छ। त्यसरी नै माफा-को प्राविधिक निर्देशक र खरसाङ अनि सिंगेल शाखाका प्रशिक्षक सेन्सी राहुल विश्वकर्माले २८ वर्षको उमेरमा सिनियर कुमुटे विधामा सहभागी भई क्वाटरफाइनलमा पुगेको जानकारी माफा-की निर्देशिका कल्पना क्षेत्रीले दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement