कालचिनीः दुर्गम बक्साद्वार पहाड़को बक्साफोर्ट नजीकै रहेको लाप्चाखा जाने बाटोबीचमा रहेको जर्जरित कल्भर्टको मरम्मती सरकारी पक्षले नगरिदिएपछि अन्ततः नवनिर्वाचित पञ्चायत सदस्य किन्ले बुद्ध डुक्पाको पहलमा तथा गाउँलेहरूको सहयोगितामा मंगलबार उक्त जर्जरित कल्भर्टको मरम्मती गरिएको गाउँलेहरूले जनाएका छन्।
बक्साफोर्टबाट लाप्चाखा र खाटालाईन जाने माझको बाटोमा रहेको काठको पुरानो जर्जरित कल्भर्टको मरम्मती बन विभागले र ब्लक प्रशासन एवम् ग्राम पञ्चायत स्तरबाट केही पहल नगरेपछि गाउँलेहरूको सहयोगितामा नवनिर्वाचित पञ्चायत सदस्य किन्ले बुद्ध डुक्पाले आफ्नो गाउँको साँघु आफै बनाऔँ भन्दै मरम्मती गरिएको पञ्चायत सदस्य किन्ले बुद्ध डुक्पाले जनाएकी छन्।








