कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ लंकापाड़ा बीओपीको तत्वावधानमा मंगलाबार लंकापाड़ा स्थित २० नम्बर लाईन गाउँमा निःशुल्क पशु चिकित्सा शिविर सम्पन्न भयो। उक्त अवसरमा भेटरेनरी डा. देवाशीष त्रिपाठीले शिविरमा घर पालुवा पशुहरूको चिकित्सा गरेको थियो। उक्त शिविरमा २० नम्बर लाईन, ५ नम्बर लाईन, २७ नम्बर लाईन, एलबी लाईन र बजार लाईनका बासिन्दाहरूले लाभ उठाएको थियो। शिविरमा जम्मा ३७५ पालतु पशुहरुको उपचारसितै निःशुल्क औषधि वितरण गरिएको थियो।
एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत उक्त शिविर सफल भएको एसएसबी सुत्रले जनाएका छन्।









