नयाँ दिल्ली: राष्ट्रिय राजधानी दिल्ली तस्करीका शिकार बालबालिकाहरूको सबैभन्दा ठूलो ठेगाना हो। उत्तर प्रदेश, बिहार र आन्ध्रबाट सबैभन्दा अधिक बाल-बालिकाहरूको तस्करी हुन्छ। तस्करहरूको पञ्जाबाट मुक्ति दिलाइएका ८० प्रतिशत नानीहरू १३ देखि १८ वर्ष उमेरका छन्। यो खुलासा गेम्स २४x७ तथा कैलाश सत्यार्थी चिल्ड्रेन्स फाउण्डेशनको अध्ययन रिपोर्ट ‘द चाइल्ड ट्राफिकिङग इन इण्डिया’ले गरेको छ। रिपोर्टमा उल्लेख गरिएको छ, बितेको एक दशकमा सरकार एवं कानून प्रवर्तन एजेन्सीहरूको सजगता र सक्रियताले गर्दा तस्करीको मामिला दर्ता हुने संख्यामा वृद्धि आएको छ, तथापि जनतालाई जागरूक गराउने चुनौती कायम छ। यसमा सुझाव दिइएको छ, यस समस्याको प्रभावकारी समाधान खोज्नको लागि वर्तमान समयमा सबैभन्दा ठूलो आवश्यक्ता भनेको एक समग्र एन्टी ट्राफिकिङ् कानूनको हो।
रिपोर्ट अनुसार उत्तर प्रदेश, बिहार एवं आन्ध्र प्रदेशबाट सन् २०१६ देखि २०२२ बीच सबैभन्दा अधिक नानीहरूको तस्करी (ट्राफिकिङ) भएको छ। महामारी पश्चात दिल्लीमा नानीहरूको तस्करीमा ६८ प्रतिशतको ठूलो वृद्धि देख्न पाइएको छ। ट्राफिकिङका शिकार नानीहरूलाई राख्ने सबैभन्दा ठूलो अड्डा हो जयपुर। त्यसपछि दिल्लीका चार जिल्लाको नम्बर आउँछ। यो रिपोर्ट गेम्स २४x७ र नोबल शान्ति पुरस्कारद्वारा सम्मानित कैलाश सत्यार्थीको संगठन कैलाश सत्यार्थी चिल्ड्रेन्स फाउण्डेशन (केएससीएफ)ले संयुक्त रूपमा जारी गरेको हो भने ‘चाइल्ड ट्राफिकिङ इन इण्डिया: इनसाइट्स फ्रम सिचुएशनल डाटा एनालिसिस एण्ड द नीड फर टेक-ड्रिवेन इन्टरभेन्शन स्ट्रेटजी’ ३० शीर्षकमा ३० जुलाईको दिन विश्व मानव तस्करी निषेध दिवसको अवसरमा जारी गरिएको छ। गेम्स २४x७ ले देशमा सन् २०१६ देखि २०२२ बीच २१ राज्य अनि २६२ जिल्लाहरूमा केएससीएफ र यसका सहयोगी सङ्गठनहरूको आँकड़ाको विश्लेषण गरी यो रिपोर्ट तयार गरेको छ।
रिपोर्टमा यस आशंकालाई पनि पुष्टि गरिएको छ कि महामारी पश्चात देशको हर राज्यमा नानीहरूको तस्करीको मामिलामा व्यापक वृद्धि आएको छ। सबैभन्दा खराब स्थिति उत्तर प्रदेशको छ। यहाँ कोरोना महामारीपूर्व सन् २०१६ देखि २०१९ बीच प्रतिवर्ष लगभग २६७ बालबालिकाहरूको तस्करी हुन्थ्यो भने महामारी पश्चात सन् २०२१-२२ मा यो संख्या १२१४ पुगेको छ। महामारीपछि कर्णाटकमा बाल-बालिकाहरूको तस्करीको मामिला सोझै १८ गुणा बढ़ेर गयो। -हिस








