कार्बी आङलङ जिल्लामा पहिलोपटक भव्य रुपमा हरिभक्त कटुवाल जन्मजयन्ती समारोह सम्पन्न

IMG-20220703-WA0165

दयाङमुखबाट: पश्चिम कार्बी आङलङ जिल्लाको दयाङमुख हाई स्कूल प्राङ्गणमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको तत्वावधानमा तथा अनेसास दयाङमुख शाखाको उद्योग र स्वागतकारिणी समितिको आतिथ्यमा कार्बी आङलङ जिल्लामा पहिलोपटक भब्यताका साथ ८८औं हरिभक्त कटुवाल जन्मजयन्ती समारोह उद्मापन हुन्छ। असममा जन्मनु भएका कवि, नाट्यकार‌ ,गीतिकार, चित्रशिल्पी हरिभक्त कटुवाल जन्म जयन्ती एकदिवसीय समारोहको कार्यसुचीअनुसार विहान ९बजे अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला निरौलाले झन्डोत्तलन गर्नु भएको थियो साथै दयाङमुखका गाउप्रधान रामु शर्माले दिपप्रज्वलन,दयाङमुख हाईस्कूल का प्रधानशिक्षक तथा अनेसास का पृष्ठपोषक चन्द्र छेत्रीले हरिभक्त कटुवालज्युको तस्बिरमा माल्यार्पण र अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका मुलसचिव गणेश छेत्री कार्यकारी सभापति सुन्दर गिरी साथै क्रमशः उपस्थित सबैले पुष्पाञ्जलि अर्पण बाट प्रारम्भ भएको उक्त समारोहमा कविगोष्ठी, सांस्कृतिक नृत्य लगायत विभिन्न कार्यसुची हरु राखिएको थियो।

असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला निरौलाको सञ्चालन गर्नु भएको समारोहमा अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूलसचिव गणेश छेत्रीले यस आमसभामा उपस्थित अतिथिहरुको परिचय ‌साथै गोर्खा ढाका टोपी ,कार्बी जामबरङ(कार्बी झोला)वेज र हरिभक्त कटुवालको तस्बिरले उहाँहरुलाई स्वागत गर्दै स्वागत संम्बोधन राख्नु भएको थियो।यस समारोहमा अतिथि वक्ताको रुपमा उपस्थित थिए  साहित्यकार साहित्य अकादमी अनुवाद पुरस्कार विजेता एवं सम्पादक के०बी० नेपाली ,लक्षेश्वर शर्मा विशिष्ट कवि एवं उपदेष्टा नोगाउ कवि सम्मेलन,प्रा०कमल सेढाईं प्रवक्ता नेपाली विभाग तेजपुर बिशिष्ट अतिथि  अनेसास केन्द्रीय समितका सल्लाहकार डम्बर दाहाल अनेसास केन्द्रीय सदस्य नर बाहादुर छेत्री , ज्योति होमागाई‌ अल आसाम डिमासा छात्र संघको सभापति नवीन जरासा आमन्त्रित अतिथिहरुमा उपस्थित थिए अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका उपदेष्टा रण काफ्ले पश्चिम कार्बी आङलङ महिला मञ्चकी सभानेत्री कुमारी दाहाल सम्पादिका ललिता लामा दयाङमुख हाईस्कूलका प्रधान शिक्षक अनेसासका पृष्ठपोषक चन्द्र छेत्री, दयाङमुखका गाउप्रधान रामु शर्मा खेरेलाजानका गाउँप्रधान दधि निरौला कवि हरिभक्त कटुवाललाई श्रद्धाञ्जली अर्पण साथै दिपप्रज्वलन माल्यार्पण गर्नुभएको थियो के०बी० नेपाली,कमल सेढाईं तथा आमसभामा उपस्थित सबै अतिथिले पुष्पाञ्जलि अर्पण गरे पछि ‌अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला निरौलालेको अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समिति द्वारा प्रकाशित बाल काब्यकुञ्ज बाल कवितासङ्ग्रह र कुञ्ज देवी उपाध्यायको कविता संग्रह पैतालामा अल्झिएका सपना प्रकाशक अनेसास पश्चिम कार्बी आङलङ जिल्ला महिला प्रकोष्ठ यी दुईवटा कविता सङ्ग्रह लोकार्पण भएका थिए यसपछि हालैमा घोषित उच्च र उच्चतर माध्यमिक परिक्षामा डिस्टिङ्सन हासिल गर्न सक्षम हुने छात्र छात्रा ‌लाई जिल्ला समितिको तर्फबाट अभिनन्दन पत्र गोर्खा खदा र टोपीले अभिनन्दन गरिएको थियो साथै अनेसास दयाङमुख शाखा ले उच्च र उच्चतर माध्यमिक परिक्षामा प्रथम विभागमा उर्त्तीण हुने छात्र छात्रा र‌ २०१५देखि २०२१सम्म स्नातक उत्तीर्ण भएका बि०ए०,बि०कम,बि०एसी विद्यार्थीलाई पनि गोर्खा खदाले अभिनन्दन गर्दछ। वक्ता अतिथि हरुले हरिभक्त कटुवाल माथि लामो समयसम्म आफ्नो आफ्नो ‌ भाषण राख्नु भएको थियो। अन्तमा मुलसभाका सभापति लीला निरौलाको अभिभाषण र स्वागतकारिणी समितिका मूलसचिव मुकुट शर्माको धन्यवाद ज्ञापन पछिनै हरिभक्त कटुवालको ८८औं जन्मजयन्ती समारोह समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement