सिलगढी: अवैध गाँजा र लागुऔषध ओसारपसारमा स्थानीयवासीद्वारा पर्दाफास घटना सिलगढीको इस्कॉन रोड वार्ड नम्बर ४० को आँचल बजार क्षेत्रमा भएको हो। जानकारी अनुसार बजार क्षेत्रकी एक अधबैंसे महिलाले लामो समयदेखि कुखुरा व्यवसायको ढाँचामा परिवारका सदस्यसँगै गाँजा, भाङ र लागूऔषधको अवैध कारोबार गर्दै आएकी छन्। यस सम्बन्धमा पुलिसले पटकपटक छापा मारेको छ। तर यसका बाबजुद पनि पुलिस प्रशासनले लापरवाही देखाएर कारोबार जारी राखेको छ। तर सोमबार राति करिब ११ बजे स्थानीय सबै मिलेर अवैध गाँजा र लागुऔषधको ठेक्का तोडेका छन्। खबर पाएलगत्तै भक्तिनगर थानाका आईसी अमरेश सिंह प्रहरीसहित पुगेका थिए। हिजो अघिल्लो दिन गांजा अड्डामा बसेका केही युवाले उक्त क्षेत्रकी एक युवतीलाई दुव्र्यवहार गरेको बताइएको छ।

घटना थाहा पाउनासाथ करिब चार सय स्थानीयवासी आएर अवैध गाँजा र लागुऔषधको उक्त अड्डा तोडफोड गरेका थिए। पुलिस प्रशासनको आश्वासनपछि मानिसहरू धेरै हदसम्म शान्त भएका थिए। यसबाहेक गाँजा बेचेको भिडियो पनि सार्वजनिक भएको छ जसमा एक अधबैंसे महिलाले गाँजा दिएर ग्राहकबाट पैसा लिएको देखिन्छ। पुलिसले राति अबेरसम्म उक्त क्षेत्रमा गस्ती गरिरहेको थियो।









