पृथ्वीको कक्षालाई छोड़ेर चन्द्रमा तर्फ बढ्यो चन्द्रयान-३, पाँच अगस्तमा पुग्नेछ

00-1-chandray_450

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)-को महत्वपूर्ण मिशन चरणबद्ध ढंगमा सफलता तर्फ तीव्र वेगमा अघि बढ़िरहेको छ। यस मिशनको चन्द्रयान-३ ले ऐतिहासिक सफलतालाई हासिल गर्दै पृथ्वीको कक्षालाई छोड़ी चन्द्रमा तर्फ बढ़ेको छ। इसरोले पृथ्वीको सबै आर्बिटमा घुमिसकेको चन्द्रयान-३ लाई एक अगस्तको आधा राती चन्द्रमा तर्फ इजेक्ट गरेको थियो। इसरोले मंगलबार बिहान ट्वीट गरी यस उपलब्धिलाई विश्वसित साझा गरेको छ। इसरोले भनेको छ, ‘तय समयमै यानलाई पृथ्वीको अर्बिटबाट इजेक्ट गर्नको लागि अन गरियो र यसलाई पर्याप्त एक्सीलेरेशन दिएर चन्द्रमा तर्फ जाने मार्गमा पठाइयो। अब अघिल्लो भाग चन्द्रमा हो। यसलाई आगामी ५ अगस्तमा चन्द्रमाको कक्षामा स्थापित गरिनेछl’

उल्लेखनीय छ कि इसरोले गत १४ जुलाईको दिन चन्द्रयान-३ लाई प्रक्षेपण गरेको थियो। चन्द्रयान-३ अन्तरिक्ष यानमा एक प्रणोदन मोड्यूल (भार २, १४८ किलोग्राम), एक ल्याण्डर (१,७२३.८९ किलोग्राम) औ एक रोवर (२६ किलोग्राम) सामेल छन्। यस मिशनको विशेष उद्देश्य ल्याण्डरलाई चन्द्रमाको धरतीमा सुरक्षित उतार्नु हो। चन्द्रमाको कक्षमा प्रवेश गरेको केही दिनपछि ल्याण्डर प्रोपल्शन मोड्यूलदेखि अलग्गिनेछ। ल्याण्डरले आगामी २३ अगस्तको साँझ ५:४७ बजे चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफ्ट ल्याण्डिङ्ग गर्ने आशा छ। ल्याण्डर चन्द्रमाको सतहभन्दा लगभग १०० किमीको उच्चताबाट चन्द्रमामा उत्रिनेछ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *