मुम्बई: मुम्बई-नागपुर समृद्धि महामार्गमा दुर्घटनाले रोकिने नाम लिएको छैन। मंगलबार राति ठाणे जिल्लाको शाहपुरको सरलाम्बेमा पुलको काममा एउटा गार्डर झऱ्यो। यस दुर्घटनामा १५ मजदूरको मृत्यु भयो भने चारदेखि पाँचजना घाइते भएका छन्। केही दिनअघि समृद्धि महामार्गमा एउटा यात्री बस ठूलो दुर्घटनाको शिकार बनेको थियो। दुर्घटनामा २५ यात्रीको मृत्यु भएको थियो। यसै क्रममा समृद्धि महामार्गमा शाहपुरमा ठूलो दुर्घटना भयो जसमा १५ मूजदूरको मृत्यु भयो। मृतकहरूको संख्या अझै बढ्न सक्ने सम्भावना छ। प्राप्त जानकारी अनुसार, गार्डर मेशीनलाई जोड्ने क्रेन र स्ल्याब सय फुटमाथिबाट तल झऱ्यो। शाहपुर उपजिल्ला अस्पतालमा अहिलेसम्म १५ जनाको शव ल्याइएको छ। तीन-चार जना घाइते छन् र उनीहरूको उपचार चलिरहेको छ। -हिस









