बंगालको खाड़ीमा फेरि बन्यो निम्न दबाव, राज्यभरि भारी वर्षाको अलर्ट

00-1-Cyclone-a_54

कोलकाता: बंगालको खाड़ीमा एकपल्ट फेरि निम्न दबाव बनेकाले पश्चिम बंगाल लगायत तटवर्ती राज्यहरूमा भारी वर्षाको सम्भावना छ। मौसम विभागले मंगलबार जारी गरेको बयानमा बंगालको खाड़ीको उत्तर पूर्वी क्षेत्रमा निम्न दबाउ तयार भएको उल्लेख छ। यो बांग्लादेशको खेपुपाडादेखि २०० किलोमिटर र पश्चिम बंगालको दीघादेखि ४३० किलोमिटर दक्षिण दक्षिण पूर्वमा अवस्थित छ। यो बिस्तारै बांग्लादेशको तटीय क्षेत्रहरूतिर अगाडि बढिरहेको छ। त्यहाँबाट पश्चिम बंगालका तटीय क्षेत्रहरूमा आगामी २४ घण्टामा पुग्नेछ। यसको प्रभाव हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा पर्नेछ। यस अतिरिक्त, दक्षिण बंगालका अन्य जिल्लाहरूमा पनि तीव्र हावाका साथ पानीको सम्भावना छ। मानिसहरूलाई बिना कारण घरबाट बाहिर नजाने सुझाव दिइएको छ। मछुआराहरूलाई पनि समुद्रबाट फर्किन लगाइएको छ। मौसम विभागले लगातार पानी परिरहेको भए तापनि गर्मी यथावत रहने स्पष्ट गरेको छ। उत्तर बंगालको अलीपुरदुआर, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि लगातार पानी पर्ने क्रम जारी रहनेछ। -हिस

About Author

Advertisement