पूर्व मुख्यमन्त्री बुद्धदेवको स्वास्थ्यमा सुधार

00-1-Buddhadeb-Bhattacharya-copy

कोलकाता: सास नलीमा संक्रमणपछि गत शनिबार कोलकाताको वुडल्याण्ड अस्पतालमा भर्ती राज्यका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको स्वास्थ्यमा सुधार आइरहेको छ। मंगलबार बिहान भट्टाचार्यले सामान्य हलचल गरिरहेको अस्पताल सुत्रहरूले बताएका छन्। बोलाउॅंदा टाउको हल्लाइरहेका छन् र सबै कुरा बुझिरहेका छन्। तर, चिन्ता अझै पनि समाप्त भएको छैन कारण संक्रमण अझै पनि समाप्त भएको छैन। यस कारण उनलाई बाइ पेप दिइएको छ। उनलाई वेन्टिलेशनबाट सोमवार निकालिएको थियो। साँझ मुख्यमन्त्री ममता ब्यानर्जी पनि उनलाइ भेट्न पुगेकी थिइन् भने मुख्यमन्त्रीलाई बुद्धदेवले अभिवादन पनि गरेका थिए।

उनको चिकित्सक टीममा सामेल एक चिकित्सकले ‘हिन्दुस्थान समाचार’ लाई भने, ‘अहिले उनलाई बाई पेप सपोर्टमा राखिएको छ। तर, निमोनियाको संक्रमण अझै पनि समाप्त भएको छैन। साल नलीमा जुन संक्रमण छ त्यसलाई ठीक गर्न प्रतिरोधक औषधि दिॅंइदैछl’ उल्लेखनीय छ, ७९ वर्षीय पूर्व मुख्यमन्त्री लामो समयदेखि उमेरजनित धेरै विमारीहरूले पीड़ित छन्। शनिबार उनको स्वास्थ्य गम्भीर बनेपछि उनलाई वुडल्याण्ड अस्पतालमा भर्ती गरिएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement