कमर्शियल ग्यास सिलिण्डर भयो सस्तो, कम्पनीहरूले गरे ९९.७५ रूपियाँ कटौती

LPG-Cylinder


नयाँ दिल्ली: सार्वजनिक क्षेत्रको तेल विपणन कम्पनीहरूले कमर्शियल ग्यास सिलिण्डरको दाममा ९९.७५ रुपियाँ कटौती गरेको छ। नयाँ दर आजदेखि लागू भएको छ। इण्डियन ओएलको वेबसाइट अनुसार, दिल्लीमा अब १९ किलोग्रामको कमर्शियल ग्यास सिलिण्डर १६८० रुपियाँमा प्राप्त हुनेछ, जुन पहिला १७८० रुपियाँमा पाइरहेको थियो। कोलकातामा यो अब १८०२.५० रुपियाँमा पाइने छ जुन पहिला १९८५.५० रुपियाँमा बिक्री भइरहेको थियो। यसरी  देशको आर्थिक राजधानी मुम्बईमा यो १६४०.५० रुपियाँमा पाइॅंदै थियो, जुन पहिला १७३३.५० रुपियाँमा पाइरहेको थियो। चेन्नईमा अब १८५२.५० रुपोयाँमा पाइने छ, जुन पहिला १९४५ रूपियाँ बिक्री भइरहेको थियो। उल्लेखनीय छ, कोलकाता र मुम्बईमा कमर्शियल ग्यास सिलिण्डरको दाममा ९३ रुपियाँसम्म कटौती गरिएको छ। यस अघि चार जुलाईमा कमर्शियल सिलिण्डरको दाममा सात रूपियॉंको मामूली कटौती गरिएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement