घैयाबारीमा भागोप्रमोको चुनाव को-अर्डिनेशन कमिटी गठन

BGPM Meeting Ghaiyabari

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले आउँदो दिनमा हुने जीटीए चुनावको लागि सांगठनिक गतिविधिलाई तेज गति दिएको छ। पार्टीको विभिन्न स्थानहरूमा सांगठनिक गतिविधिहरू गरिरहेका छन् भने विभिन्न क्षेत्रहरूमा चुनाव को-अर्डिनेशन कमिटीको गठन गरेर चुनावको लागि तयारी गरिरहेका छन्। यसै क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे-महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको सभा घैयाबारीको बुथ नम्बर २५३ मा बुथ अध्यक्ष वाङ्दी लामाको अध्यक्षता र बुथको सचिव शंकु खवासको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानले आफ्नो सम्भाषणमा अहिलेको समयमा सबै चीजबीजको दाम अत्यन्तै बढ़ेर गएको बताउँदै अब हामी सबै मिलेर एकतामा रहेर कार्य गर्ने अनि विगतको चुनावलाई ध्यानमा राखेर यसपाली भागोप्रमोको प्रार्थीहरूलाई भोट दिएर बिजय बनाउने आह्वान् गरेका छन्। उनले हामी यस क्षेत्रको विकासको लागि सबैजना एकबध्द भएर अघि बढ़्नु पर्ने र सोच बदलेर सकारात्मक रुपमा क्षेत्रको विकासको लागि अघि बढ़ने निवेदन गरेका छन्। सभामा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्रीले तीनधारे महानदी समष्टिको विकासको लागि आफु खेलकूद र सामाजिक क्षेत्रबाट पार्टी अध्यक्ष अनित थापाको कार्य हेरेर आएको बताउँदै हामीले समष्टीभरि कार्य गर्नलाई पहिलेबाटै कार्यसूची बनाएको अनि समष्टीको विभिन्न बुथहरूमा सभा गर्दै आज यहाँ घैयाबारीमा आईपुगेको बताएका छन्। उनले घैयाबारीमा नारीहरूको अधिक सहभागिता देखेर नारी शक्तिको कमिटी गठन गरेर अघि बढ्नलाई नारी शक्ति समष्टि सभापति निरा प्रधान समक्ष निवेदन पनि गरेका छन्। छेत्रीले सबैलाई एकबध्द भएर यस क्षेत्रको विकासको लागि यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारलाई जिताउने अनि विकासको लागि हामी तयार रहेको बताएका छन्। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान अनि सभाध्यक्ष २५३ बुथ कमिटीको सभापति वाङ्दी लामा आदिले पनि वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टि नारी शक्तिको सभापति निरा प्रधान, महकुमा सदस्य निता प्रधान, युवा शक्ति समष्टि सचिव सञ्जीव मंगर लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा घैयाबारीको बुथ नम्बर २५३ को लागि बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त चुनाव को-अर्डिनेशन कमिटीमा को-अर्डिनेटरको रुपमा वाङ्दी लामालाई चयन गरिएको छ भने बुथको छवटा गाउँका दुईजना गरेर सह को-अर्डिनेटर चयन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै आजको सभा विषयमा भागोप्रमो घैयाबारी बुथ कमिटीको सभापति वाङ्दी लामा र बुथ कमिटीको सचिव शंकु खवासले विस्तृत रुपमा बताएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement