भाजपा नेताहरूलाई गर्ने घेरावमा लाग्यो रोक

Kolkata-High-Court

कोलकाता: उच्च अदालतले तृणमूल कांग्रेसको भाजपा नेताहरूलाई घेराव गर्ने कार्यक्रममा रोक लगाएको छ। प्रधानन्यायाधीश टीएस शिवाङ्गनम र न्यायाधिश हिरण्मय भट्टाचार्यको इजलासले यस सम्बन्धमा दायर गरेको जनहित याचिकाको सुनुवाइ गर्दै सोमबार यस्तो आदेश दिएको हो। प्रधानन्यायाधीशले कुनै पनि हालतमा घेराव गर्न नसकिने स्पष्ट पारे। संसदमा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले जनहित याचिका दायर गरेका हुन्।

मुद्दाको सुनुवाइ शुरु हुनासाथ प्रधानन्यायाधीशले महाधिवक्ता एसएन मुखर्जीलाई घेराबन्दीको यस विषयमा प्रशासन र पुलिस तहमा के कारबाही भएको छ भनी सोधे। साथै यस्तो कार्यक्रम कसरी घोषणा गर्न सकिन्छ भन्नेमा आश्चर्य व्यक्त गरे। प्रधानन्यायाधीशले कसैले उच्च अदालत घेराबन्दी गर्ने घोषणा गरे प्रशासन र पुलिस चुपचाप बस्ने प्रश्न गरे।

About Author

Advertisement