मदर टेरेसा ह्युमिनेटी पुरस्कारले सम्मानित

IMG-20220703-WA0163.jpg

कालचिनी: कालचिनी खण्डको राईमाटाङ चियाबारी निवासी आदिवासी समाजसेवी डा.कमल कुजूर फेरि आज गाजियाबादमा मदर टेरेसा ह्युमिनेटी पुरस्कारले सम्मानित भएको छ। यस अघि पनि तिनलाई मार्सल आर्ट लगायत समाजसेवा एनजीओ कर्मी अनि यूनिसेफ संगठनले सम्मान दिइसकेको छ भने गाजियाबादमा आज फेस ग्रुपद्वारा आयोजित समारोहमा मदर टेरेसा ह्युमिनेटी पुरस्कार २०२२ ले सम्मानित गरेका छन्।

राईमाटाङ चियाबारीमा कमान अस्पतालमा साधारण स्वास्थ्य कर्मीको हैसियतमा काम गर्दै आइरहेको डा.कमल कुजूरले धेरै संस्था एवम् अर्गनाईजेशनसित आफू जड़ित भएर काम गर्दै आईरहेको र धेरै संस्थाहरूले सम्मान जनाउँदै आईरहेकोमा डा. कमल कुजूरले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement