गज़ल

00-1-Gazal

हो हजुर,यहाँ त खास जाति विरोधीलाई खदा माला लगाइन्छ

उन्मुक्तिको खास हिमायतीलाई चैं राजनीतिको भाला लगाइन्छ

कस्तो कस्तो त्याग गर्नेहरु आज गुमनाम छन् यो स्वार्थी पहाडमा

अचम्भ नै छ नी वैरीसित पो लाजै पचाएर गलामा गला लगाइन्छ

व्यवस्था छ गरीबको भाग्य लुटी खानेहरुको डुँडे पापी हातहरूमा

तथस्ट भई बस्नेहरूको भाग्यमा भने बड़ेमानको ताला लगाइन्छ

भ्रष्टाचार गज्जबले मौलिएको अचम्भको र युनिक ठाउँ हो यो हजुर

जल जीवन मिशनको पाइप अड्याउन अम्बकको डाला लगाइन्छ

गोर्खाल्याण्ड विकासको खेती गरेर पेट पाल्नेहरु छन् यो ठाँउमा

तर खेतीको विधि नजानेर मङ्सिरमा धानको बाला लगाइन्छll                

About Author

Advertisement