स्टुअर्ट ब्रडको साथमा मोईन अलीले पनि लिए सन्न्यास

IMG-20230801-WA0151.jpg

१ अगस्त: अष्ट्रेलिया विरुद्ध एशेज सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचमा यादगार जीतपछि ईंग्ल्याण्डका दुईजना क्रिकेटरले खेलबाट बिदा लिए। यसमा स्टुअर्ट ब्रडले केही दिन अघि मात्र यो उनको अन्तिम म्याच हुने घोषणा गरेका थिए तर केवल चार टेस्ट म्याच अघि मात्र सन्न्यासको फसेलालाई फिर्ता लिएर मैदानमा फर्किने मोईन अलीले पनि यसपाली अन्तिम फसेला लिएका छन्। अब उनले टेस्ट क्रिकेट कहिले खेल्नेछैनन्। अनुभवी अलराउण्डरले यसअघि २०२१-मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए तर एशेज सीरीजको ठीक अघि देब्रे हातका स्पिनर ज्याक लिचलाई चोट लाग्दा कप्तान बेन स्टोक्सको आग्रहमा मोईनले सन्न्यासको फसेला त्यागेर टेस्ट क्रिकेटमा फर्किने फसेला गरेका थिए।

कप्तान स्टोक्स र मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमको विशेष आग्रहमा टेस्ट क्रिकेटमा फर्किने मोईनले भने, मैले अन्तिम फसेला लिएको छु। मलाई खुशी छ कि म खेलमा फर्किए अनि देशको निम्ति खेल्न स्वीकार गरे। ब्रड, जिमी र वुडीको साथ फेरि खेल्नु आश्चर्यजनक रह्यो अनि यस अवधि टीमको निम्ति योगदान दिन सकेर म खुशी छु। उल्लेखनीय छ, सन्न्यासको फसेला फिर्ता लिएर एशेज सीरीजको निम्ति ईंग्ल्याण्डको टीममा सामेल भएपछि मोईनले असाधारण प्रदर्शन पनि गरे। उनी पूरा सीरीजमा आफ्नो टीमका प्रमुख स्पिनर रहे। यसको साथमा उनलाई तीन नम्बरमा ब्याटिंग गरिरहेको पनि देखियो। यसरी मोईनले बलरको रूपमा मात्र नभएर ब्याटरको भूमिकामा पनि आफ्नो उपयोगिता साबित गरे। एशेज सीरीजको अवधि नै उनले टेस्ट क्रिकेटमा आफ्नो २००औं विकेट पनि हासिल गरे।

मोईनले भने, उनीहरूले मलाई आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको निम्ति प्रेरित गरे अनि मलाई कुनै नालिश छैन। मैले ईंग्ल्याण्डको निम्ति टेस्ट क्रिकेट खेल्दै अनि आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलको मजा लिएँ। उल्लेखनीय छ, पाँचवटा टेस्ट म्याचको एशेज सीरीजमा मोईनले कम्मरको चोटले गर्दा एउटा म्याच मात्र खेल्न सकेनन्। उनले आफ्नो टेस्ट करियरको समापन ३०९४ रन अनि २०४ विकेटको साथ गरे।
एशेज सीरीज २-२-को बराबरीमा समाप्तः
द ओवलमा खेलिएको सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचमा ईंग्ल्याण्डले अष्ट्रेलियालाई ४९ रनले पराजित गऱ्यो। जीतको निम्ति ३८४ रनको लक्ष्यलाई खेदो गर्दै म्याचको पाँचौं तथा अन्तिम दिन अष्ट्रेलियाको दोस्रो ईनिंग्स ३३४ रनमा समाप्त भयो। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा उस्मान ख्वाजाले ७२, डेविड वार्नरले ६०, स्टीव स्मिथले ५४ र ट्रेविस हेडले ४३ रन बनाए। स्टुअर्ट ब्रडले अष्ट्रेलियाको दोस्रो ईनिंग्समा अन्तिम दुई विकेट हासिल गरी आफ्नो स्वर्णिम टेस्ट करियरको समापन गरे। म्याचमा ७ विकेट हासिल गर्ने ईंग्ल्याण्डका पेस बलर क्रिस वोक्सलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी प्लेयर अव् द सीरीजको पुरस्कार ईंग्ल्याण्डका वोक्स र अष्ट्रेलियाका मिचेल स्टार्कले जिते। सीरीज २-२-को बराबरीमा समाप्त भए पनि अष्ट्रेलियाले एशेज ट्रफी आफूसँग कायम राख्यो।

About Author

Advertisement