नाटक संस्था जागृति परिवारद्वारा पचासौं स्थापना दिवस पालन

00-1-A-c386a14b-d7c1-4462-89b8-862982673474

२६ अगस्तमा विशेष कार्यक्रम आयोजना गरिने    

खरसाङ: भारतीय नेपाली नाटकको संसारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खरसाङको नाट्य संस्था यस वर्ष २९ जुलाईमा ५० वर्ष पुगेको छl यस स्वर्ण वर्षको अवसरमा जागृतिले परिवारले यसपाली आफ्नो स्थापना दिवस साधारण रुपमा निजी भवनमा पालन गर्योl परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वर्ण वर्ष पुगेको अवसरमा केक काटेर खुशियालीपूर्वक पालन गर्योl यसै कार्यक्रममा भर्खरै जीटीएद्वारा नाटक विधामा ‘डीबी परियार पुरस्कार’ले सम्मानित भएका जागृति परिवारका संस्थापक तथा भारतीय नेपाली नाटक संसारका सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’लाई सबै सदस्यहरूले खुशी प्रकट गर्दै बधाई साथै शुभकामना जनाएl

यसै कार्यक्रममा स्वर्ण वर्षको कार्यक्रमहरू बारेमा छलफल गरिएको छl पचास वर्ष पुगेको अवसरमा स्थापना दिवसको विशेष कार्यक्रम यसै महिना २६ अगस्तमा भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छl यस कार्यक्रममा नाटक क्षेत्रमा विशेष योगदान दिएका दुई व्यक्तिलाई सम्बर्द्धना जनाउने भएको छl यसका साथै संस्थालाई योगदान दिँदै आएका वरिष्ठ सदस्यहरूलाई अनि सम्बर्द्धना जनाइने भएको छl जागृति परिवारले आफ्नो स्थापना कालदेखि तीन दर्जन भन्दा बढी पूर्णाङ्की, कयौं एकांकी र सडक नाटकहरू सफलतापूर्वक मन्चन गरिसकेको छl स्वर्ण वर्षको कार्यक्रम यस वर्ष पहिला वैशाखमा सडक नाटक ‘सँगै…तर एक्ला एक्लै..’ मन्चन गरेर शुरु गरिसकेको छl                     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement