टीम भलिबल विजयी

photocollage_202381114528272.jpg

१ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा टीम भलिबलले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो राउण्डको म्याचमा टीम भलिबलले जाबरा राई टोलालाई ६-०-ले पिट्यो। विजेता टीमबाट सायनले ह्याट्रिक गरे। उनले १०औं, १५औं र ३७औं मिनटमा गोल गरे। यसबाहेक युगलले आठौं, अमितले ३४औं र रुपकले ५५औं मिनटमा १-१ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement