खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्त मेरिज समष्टिको सांगठनिक सचिव पुरण तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर चुनाउ अघि जनताको घर घर गएर बालासनको विकास गर्छु भन्दै भोट माग्ने निर्दल प्रार्थीले बालासनबाट मात्र दुइवटा बुथ जितेको जनाउँदै अब बालासनको विकासको काम उनले गर्नुपर्छ भनी मांग राखेका छन्। तिनले एक नम्बर बालासन अप्परदेखि बगरसम्म जाने बाटो, दुइ नम्बर पाँच वार्डमा सार्वजनिक भवन, तीन नम्बरमा पिउने पानी, चार नम्बरका बेरोजगारलाई रोजगार इत्यादि रहेको जनाउँदै बालासनको जनताले भागोप्रमोलाई ४१० मतदान गरेका थिए भने निर्दलीय उम्मेद्वार शान्तिकुमार राईलाई ५६४ मत खसालिएको छ भनी जनाउँदै अब उनले बन्द बालासनको विकास गर्नुपर्छ भनी बताएका छन्। तामाङले अघि भनेका छन्- यदि शान्तिकुमार राईले विकास गर्नु सक्दैनन् भने बालासन विकासदेखि वञ्चित रहेमा उनले यसको जिम्मेवारी लिनुपर्छ किनकि बालासनमा भागोप्रमोले विकासमूलक कार्य गर्दै आइरहेको थियो। शान्तिकुमार राईले चुनाउ प्रचार गर्दा म क्षेत्रीय उम्मेद्वार हुँ,यस क्षेत्रको विकास म गर्छु भनेर जनतालाई वचन दिएका थिए। बालासनको जनता पनि भवानामा डुबेर मतदान गरे। दुइवटा बुथ जिते पनि उनको सभासद हुने सपना भने पूरा भएन,कारण समष्टिमा जम्मा २१ वटा बुथ छन् त्यसमध्ये केवल दुईवटा बुथमा जित हाँसिल गरे। त्यो पनि आफ्नो जन्मभूमि भएर। अन्य ठाउँबाट त कुनै कुनै बुथबाट त खाता पनि खोल्न सकेनन्। बालासनको जनताले विश्वास गरेर भोट दिएका छन्। अब विकास गरेर देखाउनु पर्छ,नत्र बालासन विकासदेखि पाँच वर्ष पछि गएको खण्डमा त्यसको जिम्मेवारी राईले लिनु पर्छ भनी सांगठनिक सचिव अनि बुथ सभापति रबिन राईले प्रेस विज्ञप्ति जारी गरी दिएका छन्।