हरियाणाको नुहमा झडप हुँदा ४० सवारीसाधनहरूमा आगजनी

00-1-Rashtriya-Samachar-34

नयाँ दिल्ली: हरियाणाको नुहमा सोमबार विश्व हिन्दू परिषद र मातृशक्ति दुर्गा वाहिनीले निकालेको ब्रजमण्डल यात्रामा हंगामा भएको छ। दुई समूहबीच झडप भएपछि तीन दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी भएको छ। पुलिसमाथि पनि ढुंगामुढा भएको थियो। यस क्रममा धेरै मानिस र पुलिस घाइते भएका छन्। नुह जिल्ला प्रशासनले स्थितिलाई सम्बोधन गर्न अन्य जिल्लाबाट पुलिस बोलाएको छ भने जिल्लाभर धारा १४४ लगाएर दुई दिन इन्टरनेट पनि बन्द गरिएको छ। जिल्लाको सिमाना सिल गरिएको छ। नुहको नल्हाद शिव मन्दिरबाट सुरु भएको ब्रजमण्डल यात्रा फिरोजपुर–झिरकातर्फ गएको थियो। यात्रा तिरंगा पार्क नजिक पुगेपछि त्यहाँ मानिसको भीड लागेको थियो। आमनेसामने हुनासाथ दुई पक्षबीच झगडा भयो र ढुंगा हानाहानशुरु शुरु भयो ।

सोमबार दिउँसो तिरंगा पार्क नजिकै पहिलो हिंसा भयो, जसले केही बेरमा सम्पूर्ण नुह शहरलाई घेरेको थियो। यस क्रममा पुरानो बस स्ट्यान्ड, होटल बाइपास, मेन बजार, अनाज मण्डी र गुरुग्राम–अलवर राजमार्गमा एकपछि अर्को गरी सवारी साधनमा आगजनी गरिएको थियो। दिउँसो ४० भन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड गरियो। कार बाहेक, यसमा बस, बाइक, स्कुटी र अन्य सवारीहरू समावेश छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement