नेपालमा सुन तस्करी प्रकरणका कारण संसद बैठकमा व्यवधान

00-1-po._349

काठमाडौं: नेपालमा सुन तस्करी प्रकरणले सत्तापक्ष र विपक्षबीच तनाव बढेको छ। विपक्षी नेकपा एमालेले सुन तस्करीको उच्चस्तरीय छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद बैठकमा व्यवधान गर्दै आएको छ। सोमबार पनि संसदको बैठक चल्न सकेन। बैठक चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सहमतिमा पुग्न सकेन। ओलीले उच्चस्तरीय समिति गठनको अडानलाई कायमै राखेका छन्।

एक सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक र चिनियाँ मूलका अन्य देशका नागरिकको सम्बन्ध माओवादी नेताहरुसँग जोडिएपछि एमाले झन् कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग कनेक्शनको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। उनले माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्नो सुन तस्करसँग सम्बन्ध नरहेको दाबी गर्दै छानबिन समिति गठनको माग गरेका हुन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय समिति गठन गर्न मानेका छैनन्। उनी सुन तस्करीको अनुसन्धान राजश्व अनुसन्धान विभागबाटै होस् भन्ने चाहन्छन्। विभागले नेपालको सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र पुलिस बलको सहयोग लिएर अनुसन्धान र पक्राउ गरिरहेको छ। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङ हुँदै हवाई मार्गबाट आएको एक सय केजी सुन १९ जुलाईमा भन्सार चेकप्वाइन्ट कटेपछि बरामद भएको थियो। ब्रेक शुमा लुकाएर ल्याइएको सुन तस्करीमा चिनियाँ गिरोहको संलग्नता खुलिसकेको छ। उनीहरुको उच्च राजनीतिक तहमा कनेक्शनबारे अनुसन्धान चलिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *