३१ जुलाईः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजन गरिने ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट भव्य उद्घाटन समारोहको साथ शुरु भयो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा सोमवार भएको म्याचमा पाक्योंग युनाइेड स्पोर्टिंग क्लबले यूएसएससीए एएचओ-लाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जेभीसी सिंगताम च्याम्पियन भएको थियो।